जेनजीको भर्चुअल बैठक : सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्की नाम प्रस्ताव
काठमाडौँ ।
जेनजीहरूले सेनासँग छलफल गर्न आफ्नो एजेण्डा लैजाने प्रतिनिधि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन प्रस्ताव गरेका छन्।
बुधबार भएको भर्चुअल बैठकमा कार्कीलाई जेनजी समूहको तर्फबाट सेनासँग संवादमा सहभागी गराउने सुझाव राखिएको हो। बैठकमा सहभागीहरूले कार्कीसँग प्रत्यक्ष छलफल गरेर मात्रै अन्तिम निर्णय गर्ने बताएका छन्।
हालसम्म जेनजीहरूको आधिकारिक समूह टुंगो लागिसकेको छैन। तर, आन्दोलनका एजेण्डा औपचारिक रूपमा प्रस्तुत गर्न निष्पक्ष र प्रभावशाली व्यक्तित्वको आवश्यकताबारे सहमति बनेको बैठकमा सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया