आश्विन ०३ २०८२, शुक्रबार

राष्ट्रपतिलाई कांग्रेसको सन्देश : संविधानमै रहँदै निकास खोज्न सुझाव

Ads

 

२६ भदौ, काठमाडौं ।
वर्तमान राजनीतिक परिस्थितिबाट निकास निकाल्न राष्ट्रपतिलाई नेपाली कांग्रेसले संविधानसम्मत ढंगले कदम चाल्न आग्रह गरेको छ ।

Ads

कांग्रेसका एक वरिष्ठ पदाधिकारीका अनुसार पार्टीले राष्ट्रपतिलाई जे निर्णय वा पहल गर्ने भए पनि संविधानले मान्यता दिने गरी गर्नुपर्ने सुझाव दिएको हो ।

‘यदि गैरसांसदलाई प्रधानमन्त्री बनाउनुपर्ने परिस्थिति आए पनि त्यसलाई संविधानभित्रको व्यवस्था अनुरूपै गर्न सकिन्छ,’ ती पदाधिकारीले बताएका छन् ।

Ads

उनका अनुसार प्रतिनिधि सभाभित्रकै कोही सदस्य प्रधानमन्त्री बन्ने अवस्था बनेमा त्यसैअनुसार अघि बढ्न सकिने कांग्रेसको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार