आश्विन ०३ २०८२, शुक्रबार

प्रतिनिधिसभा विघटनप्रति नेपाल बार एसोसिएशनको आपत्ति

Ads

 

 

Ads

काठमाडौं ।
नेपाल बार एसोसिएशनले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बारले संवैधानिक सर्वोच्चताको पुनःस्थापना र संरक्षण गर्न सरकार र राजनीतिक दललाई आग्रह गरेको हो।

बारका अनुसार प्रतिनिधिसभा विघटन संविधान र लोकतान्त्रिक मूल्यविपरीत छ र यसले न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन र मानव अधिकारमाथि गम्भीर असर पार्ने खतरा बोकेको छ।

Ads

विज्ञप्तिमा भनिएको छ, “नेपाल बार एसोसिएशन संवैधानिक सर्वोच्चताको पक्षमा अडिग छ। प्रतिनिधिसभा विघटनको कदमले संवैधानिक व्यवस्थालाई नै खतरामा पार्ने भएकाले तत्काल फिर्ता लिनुपर्छ।”

बारले सरकार, संसद् र सम्बद्ध पक्षलाई संविधानको रक्षा गर्न आग्रह गर्दै जनतालाई सचेत रहन आह्वान गरेको छ। साथै, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको संरक्षणका लागि आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ।

Ads

 

प्रतिक्रिया

सम्बन्धित समाचार