आश्विन ०३ २०८२, शुक्रबार

गौरादहमा प्रहरीलाई सहयोग अभियान सुरु

Ads

 

गौरादह, झापा ।
इलाका प्रहरी कार्यालय गौरादहमा हाल ५२ भन्दा बढी प्रहरी परिचालन भइसकेका छन् । साथै दमक प्रहरी कार्यालयबाट समेत अतिरिक्त प्रहरी टोली गौरादहमा आइपुगेको छ ।

Ads

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनका लागि प्रहरीलाई पेट्रोलिङमा आवश्यक पर्ने डिजेल, खाना, बस्नका लागि राशन, सागसब्जी लगायतका सामग्री आवश्यक भएकाले स्थानीय तह तथा सर्वसाधारणलाई सहयोगका लागि आग्रह गरिएको छ ।

शान्ति तथा समन्वय समितिका अध्यक्ष अनिस कार्कीले प्रहरीहरूको उपस्थिति स्थानीय सुरक्षाको लागि ठूलो बल भएको उल्लेख गर्दै भने, “प्रहरी साथीहरू आउनु भएकोले हाम्रो थप मनोबल बढेको छ । रात्रिकालीन गस्तीमा समेत सहजता भएको छ ।”

Ads

उनका अनुसार समितिले पनि आवश्यक सहयोगका कार्यहरू अघि बढाइरहेको छ भने संकलित रकम तथा सामग्रीहरूको हिसाब–किताब पछि सार्वजनिक गरिनेछ ।

अध्यक्ष कार्कीले गौरादहका सबै नागरिकलाई सक्दो सहयोग गर्न अपील गर्दै सुरक्षाको हितमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार