आश्विन ०३ २०८२, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच बिहीबार टेलिफोन वार्ता हुने

Ads

काठमाडौँ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान ११:३० बजे टेलिफोन वार्ता हुने भएको छ। उच्च स्रोतका अनुसार, यो वार्ता दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यको दिशामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

वार्ताको तयारीस्वरूप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट गरेका छन्। भेटमा राजदूतले कार्कीलाई औपचारिक रूपमा बधाई दिँदै, मोदीसँगको संवादका लागि सहज वातावरण निर्माणमा जोड दिएका थिए।

Ads

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मोदीले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा कार्कीलाई बधाई दिँदै महिला सशक्तीकरणको महत्त्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए। उनले मणिपुरमा गरेको सम्बोधनमा पनि कार्कीको चयनलाई सकारात्मक सन्देशका रूपमा प्रस्तुत गरेका थिए।

शुक्रबार जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमबाट प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हुनेछ। यस वार्ताले नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने विश्वास लिइएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार