संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघले गर्यो गौरादहमा दिप प्रज्वलन
राष्ट्रिय युवा संघ नेपाल गौरादह नगरकमिटिले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । १० औं संविधान दिवसको अवसरमा आज शुक्रबार साँझ वडा नम्बर १,२ र ३ को संगमस्थल डिपु चोकमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै संविधान सभा सदस्य तथा नेकपा एमाले नेता दिपक कार्कीले अवको दिन भ्रष्टाचार नियन्त्रण र सुशासनमा केन्द्रित हुनुपर्ने बताए ।
'कहिलेकाही यसको खोल आवरण भित्र पनि गल्ती भएका हुन्छन् , यस्ता गल्ती सच्चिनु पर्छ, गल्ती माथि कार्वाही हुनुपर्छ भन्ने कुरा हामीले डटेर बोल्न सक्नुपर्छ ।', कार्कीले भने ।

सभासद कार्कीले जेन - जी आन्दोलनमा मृत्युवरण गर्नेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन-जी आन्दोलनमा घाइते हुनेहरुको स्वास्थ्य लाभको कामना गरे ।
राष्ट्रिय युवा संघ नेपाल गौरादह नगर कमिटीका अध्यक्ष ध्रुब गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठन सम्बद्ध युवाहरु लगायत एमालेका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया