कार्तिक १७ २०८२, आइतबार

गौरादह नगरपालिकामा पुनः नियमित सेवा संचालन सुरु

Ads

गौरादह, झापा । गौरादह नगरपालिकामा अवरुद्ध रहेका सेवा पुनः नियमितरूपमा सञ्चालन हुने भएका छन् । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै २०८२ साल असोज २ गतेदेखि सम्पूर्ण नगरपालिका, वडा कार्यालय र अन्य शाखाबाट प्रवाह हुने सेवाहरू पुनः सहज र नियमित रूपमा सुचारु हुने जानकारी दिएको छ । यसअघि, विभिन्न कारणले २०८२ साउन २५ गतेदेखि सेवामा अवरोध भएको थियो । नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत कृष्णप्रसाद सुवेदीले हस्ताक्षरित सूचनामा नगरवासीलाई अब सहजै कार्यालयका सम्पूर्ण सेवाहरू लिन सकिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार