फाल्गुण ०२ २०८२, शनिबार

गौरादह नगरपालिकाद्वारा जनस्वास्थ्य अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक

Ads

झापा । गौरादह नगरपालिकाले करार सेवामा पदपूर्ति गर्न लिएको जनस्वास्थ्य अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ। नगर कार्यपालिकाको कार्यालय, गौरादहले सोमबार एक सूचना जारी गर्दै लिखित तथा अन्तर्वार्ता परीक्षाको आधारमा सफल उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

नगरपालिकाका अनुसार २०८२/०५/१० मा प्रकाशित सूचना अनुसार माग गरिएको उक्त पदका लागि प्राप्त दरखास्तमध्ये दरखास्त स्वीकृत भई संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूबीच २०८२/०५/१९ मा लिखित परीक्षा सञ्चालन गरिएको थियो। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको अन्तर्वार्ता समेत सम्पन्न गरी प्राप्त कुल प्राप्ताङ्कका आधारमा योग्यताक्रम कायम गरिएको जनाइएको छ।

Ads

May be an image of ticket stub, blueprint and text

सूचना अनुसार जनस्वास्थ्य अधिकृत पदमा विप्लव कार्की (मेचीनगर नगरपालिका–५, झापा) सफल भई सिफारिस भएका छन्। उनका बाबुको नाम समर बहादुर कार्की रहेको छ।

Ads

त्यस्तै, सोही पदका लागि रुपेश कुमार यादव (बौद्धिकसाईन नगरपालिका–२, सर्लाही) लाई वैकल्पिक उम्मेदवारका रूपमा राखिएको नगरपालिकाले जनाएको छ। उनका बाबुको नाम राम कृष्ण यादव रहेको छ।

नगरपालिकाले सफल उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। अन्यथा प्रचलित नियमअनुसार प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ।

Ads

सूचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार