गौरादह नगरपालिकाद्वारा मनोसामाजिक परामर्शकर्ता पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
झापा । गौरादह नगरपालिकाले करार सेवामा मनोसामाजिक परामर्शकर्ता पदपूर्तिका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नगर कार्यपालिकाको कार्यालय, गौरादहले बुधबार सूचना जारी गर्दै लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो।
नगरपालिकाका अनुसार २०८२/०७/२८ मा प्रकाशित विज्ञापन अनुसार मनोसामाजिक परामर्शकर्ता पदका लागि माग गरिएको दरखास्तमध्ये संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूबीच २०८२/१०/०३ मा लिखित परीक्षा सञ्चालन गरिएको थियो। लिखित परीक्षामा सहभागी भएका तीनै जना उम्मेदवार उत्तीर्ण भएका छन्।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूमा राजु शाह (दमक नगरपालिका–६, झापा), समिरा पन्त (गौरादह नगरपालिका–१, झापा) र सुरक्षा चल्लाई (दमक नगरपालिका–१०, झापा) रहेका छन्।


सूचना अनुसार लिखित परीक्षाबाट उत्तीर्ण उम्मेदवारहरूलाई अब कम्प्युटर प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका लागि छनोट गरिएको छ। छनोट समितिको निर्णयअनुसार २०८२/०८/०३ गते दिउँसो ११:३० बजेबाट गौरादह नगरपालिकाको कार्यालयमा कम्प्युटर प्रयोगात्मक परीक्षा सञ्चालन हुने र सोही दिन दिउँसो १२:०० बजेपछि अन्तर्वार्ता हुने जनाइएको छ।
नगरपालिकाले सम्बन्धित सबै उम्मेदवारलाई तोकिएको समयमै उपस्थित हुन अनुरोध गरेको छ। सूचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया