फाल्गुण ०२ २०८२, शनिबार

प्रहरी कार्यालयको जग्गा दाता समाजसेवी रत्नबहादुर श्रेष्ठको निधन

Ads


गौरादहका धरोहर पुरुष तथा निस्वार्थ समाजसेवी रत्नबहादुर श्रेष्ठको दुःखद निधन भएको छ।
गौरादह नगरपालिका–१ निवासी ९६ वर्षीय श्रेष्ठको आज साँझ ६ बजे आफ्नै निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ लामो समयदेखि उच्च रक्तचाप (प्रेसर) लगायतका स्वास्थ्य समस्याबाट पीडित रहनुभएको थियो।
स्वर्गीय श्रेष्ठ गौरादहको सामाजिक विकासमा अमूल्य योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँकै निःशुल्क जग्गादानबाट गौरादहमा अस्थायी ट्राफिक प्रहरी कार्यालय स्थापना हुन सकेको हो भने सोही कार्यालय नजिकै निर्माणाधीन इलाका प्रहरी कार्यालय भवनका लागि पनि उहाँले ६ कट्ठा जग्गा निःस्वार्थ रूपमा दान गर्नुभएको थियो।
यसका अतिरिक्त, विभिन्न मठ–मन्दिर निर्माण तथा धार्मिक–सामाजिक कार्यमा उहाँले खुला हृदयले सहयोग गर्दै आउनुभएको स्थानीयवासीहरू सम्झन्छन्। सादगी जीवनशैली, सहयोगी स्वभाव र समाजप्रतिको समर्पणले उहाँ गौरादहवासीको मन–मनमा अमर रहनुहुनेछ।
स्वर्गीय श्रेष्ठको अन्त्येष्टि भोलि बिहान १० बजे पवित्र कन्काई नदीमा गरिने पारिवारिक स्रोतले जनाएको छ।
उहाँको निधनले गौरादहले एक अभिभावक, एक प्रेरणादायी समाजसेवी र एक सच्चा मानवतावादी गुमाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार