अन्तरिक्षीय भारतले पठाएको बोडीका बिउमा पात पलायो
भारतको अन्तरिक्ष अनुसन्धान संस्थान (ISRO)ले अन्तरिक्षमा पठाएको बोडी (cowpea) को बिउमा पात पलाएको छ। डिसेम्बर ३० मा गरिएको यो जैविक अनुसन्धान इसरोको पहिलो अन्तरिक्षीय जैविक परियोजना हो। CROPS (Compact Research Module for Orbital Plant Studies) नामक यो स्वचालित प्रणालीले अन्तरिक्षको माइक्रोग्राभिटी वातावरणमा बिरुवालाई हुर्काउन र जोगाउन प्रयोग गरिन्छ।
भिक्रम साराभाई अन्तरिक्ष केन्द्रद्वारा विकसित यस परियोजनामा, इसरोको POEM-4 मोड्युलमा ८ वटा बोडीका बिउलाई सक्रिय ताप व्यवस्थापनयुक्त नियन्त्रण वातावरणमा रोपिएको थियो। तीमध्ये ३ वटा बिउमा पात पलाएको छ।
यो सफलताले अन्तरिक्षमा बिरुवा हुर्काउन इसरोको क्षमता प्रमाणित गर्नुका साथै भविष्यका लामो अवधिका अन्तरिक्ष यात्राका लागि महत्वपूर्ण जानकारी प्रदान गर्नेछ, इसरोले जनाएको छ। एजेन्सी
प्रतिक्रिया