गौरादह जेसीजको आयोजनामा बिद्यालय स्तरीय नाटक प्रतियोगिता
गौरादह जेसीजको आयोजनामा बिद्यालय स्तरीय नाटक प्रतियोगिता आयोजना गरिएको छ । लागू पदार्थ दुर्व्यशन विरुद्ध सचेतना जगाउने उद्देश्यले प्रतियोगितात्मक नाटक प्रतियोगिता आयोजना गरिएको हो । गौरादह ३ स्थित दशमी पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ । नाटक प्रतियोगितामा गौरादह भित्रका ९ वटा बिद्यालयको सहभागीता रहेको थियोे ।
सहभागी विद्यालय मध्ये गोल्डेन सनराइज मा. वि., प्रगति मा. वि. र जनता मा. वि. लाई उत्कृष्ट घोषणा गरिएको छ । गौरादह नगरपालिकाको सभाहलमा उत्कृष्ट घोषित भएका तीन नाटक पुन: प्रस्तुति गरिनेछ । यद्यपि कार्यक्रमको मिति तय नभएको बताइएको छ । तीन वटा नाटकबाट मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरिने गौरादह जेसीजका अध्यक्ष दुर्लभ कार्कीले जानकारी गराएका छन् ।
उक्त अवसरमा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै वडा नम्बर १ अध्यक्ष नगेन्द्र भण्डारीले लागू पदार्थको भयावह अवस्थालाई न्यूनीकरण गर्न यसप्रकारका कार्यक्रमहरु फलदायी हुने बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष दिलिप भण्डारीले लागूपदार्थ दुर्व्यशनी निराकरण गर्न सामाजिक संघ संस्थाहरुको भुमिका उल्लेख्य रहने बताउदै लागू पदार्थ दुर्व्यशन विरुद्ध गौरादह जेसीजको सकृयता प्रसंसनीय रहेको बताए ।
अध्यक्ष दुर्लभ कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव ध्रुव अधिकारीले गरेका थिए ।
प्रतिक्रिया