माघ २६ २०८१, शनिबार

‘क्रिएटर्स मेला’मा सेलिब्रेटीले सिकाए सामाजिक सञ्जाल प्रयोगको शैली

काठमाडौं । अमेरिकी दूतावासले आयोजना गरेको दुईदिने ‘क्रिएटर्स मेला २०२४’ शनिबार सम्पन्न भएको छ । ठमेलस्थित एलफ्ट होटलमा आयोजिन मेलामा सयौंले सहभागिता जनाए । नेपाली डिजिटल क्रिएटर र इन्फ्लुएन्सरको क्षमता र सीपको विकास गर्दै अनलाइनमा उनीहरुको उपस्थितिलाई प्रभावकारी तुल्याउन र व्यवसाय बढाउने उद्देश्यले मेला आयोजना गरिएको दूतावासले जनाएको छ ।
Ads

पहिलो दिन झण्डै ५०० जनाले सहभागिता जनाएको र १० भन्दा बढी कार्यशाला र छलफल सत्र आयोजना गरिएको दूतावासले जनाएको छ । दोस्रो दिन शनिबार सहभागीको संख्या अझै बढी रह्यो । दोस्रो दिनमा पनि १० भन्दा बढी कार्यशाला र छलफल सत्र सहित फेसन र सांगीतिक कार्यक्रम आयोजना भए ।

शनिबार सहभागीसँग अभिनेत्री तथा इन्फ्लुएन्सर प्रियंका कार्कीले आफ्नो करिअरको उतारचढाव र सामाजिक सञ्जाल प्रयोगको अनुभव सुनाइन् । उनले सहभागीसँग सामाजिक सञ्जालमा कसरी कन्टेन्ट क्रिएट गर्ने र प्रस्तुत हुने भन्नेबारेमा टिप्स पनि दिइन् । सहभागीले उनीसँग फिल्म, उनको निजी जीवन र सामाजिक सञ्जालबारे कुराकानी गरे ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार