आमा–बुबाप्रतिको सम्मान अभिव्यक्त गर्न SOUL LINES द्वारा TikTok Duet प्रतियोगिता घोषणा
झापा, जेठ २०।
सामाजिक सञ्जालमार्फत आमा–बुबाप्रतिको सम्मान, माया र कृतज्ञता अभिव्यक्त गर्ने उद्देश्यले SOUL LINES ले "मेरो आमा–बुबा, मेरो संसार" TikTok Duet प्रतियोगिता 2026 आयोजना गर्ने भएको छ।
प्रतियोगिता २०८३ जेठ २१ गतेदेखि सुरु भई २०८३ जेठ ३१ गते राति ११:५९ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले प्रतियोगिताको आधिकारिक भिडियोसँग Duet वा Stitch गरी आफ्ना आमा–बुबा, हजुरबा–हजुरआमा वा अभिभावकसँगको फोटो वा भिडियो प्रयोग गर्नुपर्नेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीलाई क्रमशः २५००, १५०० र १००० TikTok Coins पुरस्कार प्रदान गरिनेछ। कुल पुरस्कार राशि ५००० Coins रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको Sponsor Partner का रूपमा TikTok Creator Fitmin (@munee1992) रहेका छन् भने झापा बुलेटिन Media Partner को रूपमा जोडिएको छ।
आयोजक SOUL LINES (@october.1281) का अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक सञ्जाललाई सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आमा–बुबाप्रतिको सम्मान अभिव्यक्त गराउनु रहेको छ।
प्रतियोगिताका विजेताहरूको घोषणा २०८३ असार १ गते (१५ जुन २०२६) नेपाल समय अनुसार राति ११:०० बजे TikTok Live मार्फत गरिने जनाइएको छ।
आयोजकले सबैलाई प्रतियोगितामा सहभागी भई आमा–बुबाप्रतिको सम्मान र कृतज्ञता सार्वजनिक रूपमा व्यक्त गर्न आग्रह गरेको छ।
प्रतिक्रिया