असार १७ २०८२, मंगलबार

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँ : परराष्ट्रमन्त्री

Ads


 रासस 
काठमाण्डाै – सरकारले युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्र मन्त्रालयमा चाैबिसै घण्टे हेल्प डेस्क राख्ने भएको छ । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले चाैबिसै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा युनिट राख्ने भएको हो ।

युनिटमा परराष्ट्र, गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारी रहनेछन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले सम्भव भएका सबै उपाय गर्ने बताउनुभएको छ । उहाँले नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने गरी सरकारले तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

Ads

आज परराष्ट्र मन्त्रालयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँग संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्री डा. राणाले इजरायल र इरानमा युद्धका कारण उत्पन्न परिस्थिति, परराष्ट्र मन्त्रालयको समन्वयसहित इजरायलमा रहेको नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिस्ट्रेशन पनि खुलेको र स्वदेश फर्कन चाहनेहरूलाई उद्धारका लागि तयारीमै सरकार रहेको जानकारी दिनुभएको हो

बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीले पनि त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र उहाँहरू स्वदेश फर्कन चाहे उद्धारको तयारीमा सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले इजरायल जाने अन्तिम तयारीमा रहेकालाई श्रम स्वीकृति नदिई रोकिराखिएको पनि जानकारी दिनुभयो ।

Ads

अनलाइन पोर्टल खोलेर नेपालीको विवरण लिन शुरू गरेकोमा अहिलेसम्म ६ सय जनाभन्दा बढीले विवरण दर्ता गराएका छन् । अहिले इजरायलमा झन्डै ७ हजार जना नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार