चैते धानमा ठगी, राष्ट्रिय युवा संघ गौरादहको विरोध
गौरादह, जेठ २५ – चैते धानको समर्थन मूल्यको अवमूल्यन गरिएको भन्दै राष्ट्रिय युवा संघ, नेपाल गौरादह नगर कमिटीले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।

सरकारले चैते धानको समर्थन मूल्य प्रतिमन रू. ११२० निर्धारण गरे तापनि व्यापारी र मिल सञ्चालकहरूले रू. ६०० मा मात्रै खरिद गरिरहेको विषयप्रति संघले गम्भीर आपत्ति जनाएको हो। संघका अध्यक्ष ध्रुव गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “राज्यद्वारा तोकिएको मूल्यको उल्लङ्घन हुनु र किसानमाथि आर्थिक अन्याय हुनु अत्यन्तै आपत्तिजनक छ।”
संघले विज्ञप्तिमा किसानहरूको न्यूनतम मूल्य सुनिश्चित गर्न सम्बन्धित निकाय – खाद्य व्यवस्था तथा व्यापार कम्पनी, जिल्ला प्रशासन कार्यालय लगायतलाई तत्काल पहल गर्न चेतावनी दिएको छ। "यदि हाम्रो माग पूरा भएन भने किसानको पक्षमा उभिएर कठोर संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं," विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय युवा संघ गौरादह नगर कमिटीले लामो समयदेखि श्रमिक, युवा र किसानको हकहितमा आवाज उठाउँदै आएको बताउँदै किसानप्रतिको यस किसिमको बेइमानीलाई rural अर्थतन्त्रमाथिको प्रहारको रूपमा चित्रण गरेको छ।
प्रतिक्रिया