पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेको दाबी
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेको दाबी गरिएको छ ।
प्राप्त विवरणअनुसार जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निजी निवासबाटै पक्राउ गरिएको हो ।
उनीलाई कुन घटनाका विषयमा र कुन निकायले पक्राउ गरेको हो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
जबराविरुद्धको महाभियोगसम्बन्धी रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै खारेज गरेको थियो। उक्त फैसलापछि उनी पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने सेवा–सुविधा तथा पेन्सनको बाटो खुलेको समाचार यसअघि सार्वजनिक भएका थिए।
जबराको पक्राउबारे आधिकारिक निकायबाट पुष्टि तथा थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया