पुर्व राष्ट्रपति भण्डारी द्वारा सकृय राजनीतिमा प्रवेश गर्ने घोषणा
नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। आज शनिबार काठमाडौंमा आयोजित दिवङ्गत श्रीमान् तथा नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्ती समारोहमा उनले नेकपा एमालेमार्फत राजनीतिक यात्रालाई निरन्तरता दिने बताइन्।'मैले नेकपा एमालेको सदस्यता नवीकरण गरेकी छु र अब एमाले परिवारको हिस्साका रूपमा सक्रिय राजनीतिमा जोडिनेछु,' भण्डारीले कार्यक्रममा भनिन्।
प्रतिक्रिया