श्रावण १७ २०८३, आइतबार

रास्वपा गौरादह: ५ सय जना पार्टी प्रवेश

गौरादह, ३१ असार २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौरादह नगर समितिको आयोजनामा शनिबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम नगर समितिको कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।नगर कोषाध्यक्ष मीना देवी सापकोटा कोइरालाले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व नगर सभापति जगत बहादुर अधिकारीले गरेका थिए। केन्द्रीय कार्यवाहक सभापति डी.पी. अर्याल र सहप्रवक्ता रमेश प्रसाईको उपस्थितिमा भएको कार्यक्रममा उपसभापति निर्मला शर्माले स्वागत मन्तव्य राखेकी थिइन्।गौरादहका ९ वडाबाट ५०० भन्दा बढी समाजसेवीले रास्वपामा प्रवेश गरेसँगै सदस्य सङ्ख्या १,३०० नाघेको छ। “राजनीतिलाई सेवा बनाएर गौरादह र देशलाई ‘घण्टी किल्ला’ बनाउने सपना साकार पार्छौँ,” सभापति अधिकारीले भने।कार्यक्रममा सहयोग गर्ने पत्रकार, सुरक्षाकर्मी र उपस्थित सबैलाई रास्वपा गौरादहले धन्यवाद दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार