आश्विन ११ २०८३, आइतबार

कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रविलाई निम्तो

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी गराउने तयारी थालेको छ। यही क्रममा कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई औपचारिक निमन्त्रणा दिएको छ।

कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणाको नेतृत्वमा गएको टोलीले तीनै जना नेताको निवासमै पुगेर महाधिवेशनको निमन्त्रणा पत्र हस्तान्तरण गरेको हो।

कांग्रेसले आगामी असोज १६ गते काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख, प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गर्ने कांग्रेसको तयारी छ।May be an image of ticket stub, blueprint and text

महाधिवेशनलाई पार्टीको आन्तरिक नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे बहस गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। त्यससँगै उद्घाटन समारोहमा अन्य दलका शीर्ष नेताहरूको उपस्थितिले पछिल्लो राजनीतिक परिस्थितिमा दलहरूबीचको संवाद र सम्बन्धलाई समेत सार्वजनिक रूपमा प्रतिबिम्बित गर्नेछ।

सह–महामन्त्री राणाका अनुसार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा गर्ने क्रममा ओली, प्रचण्ड र लामिछानेलाई निमन्त्रणा गरिएको हो।

कांग्रेसको महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूको सहभागिता रहने भएकाले उद्घाटन समारोहलाई पार्टीको आन्तरिक राजनीतिक गतिविधिसँगै राष्ट्रिय राजनीतिक वृत्तले समेत चासोका साथ हेरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार