आश्विन ०९ २०८३, शुक्रबार

नेपाली कांग्रेस कमल गाउँपालिका सभापतिमा केदार कटुवाल निर्वाचित

१५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कटुवाल नेतृत्वमा चयन भएका हुन्। नयाँ नेतृत्वले पार्टीभित्र एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने अपेक्षा कार्यकर्ताको छ।

पर्दाफास संवाददाता, कमल ।
नेपाली कांग्रेस कमल गाउँपालिका सभापतिमा केदार कटुवाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कटुवाल सभापतिमा निर्वाचित भएका हुन्।

कटुवालको नेतृत्वमा कमल गाउँपालिकामा कांग्रेसको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्ने अपेक्षा कार्यकर्ताले गरेका छन्। लामो समयदेखि पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असमझदारीलाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढाउन नयाँ नेतृत्वले भूमिका खेल्ने विश्वास कार्यकर्ताको छ।

स्थानीय तहमा कांग्रेसको संगठनलाई बलियो बनाउन टोल तथा वडा तहसम्मका कार्यकर्ताबीच समन्वय बढाउने, पार्टीका गतिविधिलाई सक्रिय बनाउने तथा कार्यकर्ताको भावनालाई समेटेर अघि बढ्ने चुनौती पनि नयाँ नेतृत्वसामु रहेको छ।

कटुवालको नेतृत्व चयनसँगै कमल गाउँपालिकामा नेपाली कांग्रेसले आगामी दिनमा संगठन विस्तार र सुदृढीकरणलाई कसरी अघि बढाउँछ भन्ने विषयमा कार्यकर्तामाझ चासो बढेको छ। नयाँ नेतृत्वले पार्टीभित्रको एकतालाई प्राथमिकतामा राखेर संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार