श्रावण १६ २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीको भारत भ्रमण पूर्व नेपाल–भारत गृहसचिवस्तरीय र सीमा संयन्त्रका बैठक सुरु

Ads

 

काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको सन्दर्भमा नेपाल–भारतबीचका गृहसचिवस्तरीय संयन्त्र र सीमा सम्बन्धी कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) का बैठकहरू सञ्चालनमा आएका छन्।

Ads

गृहसचिवस्तरीय दुई दिने बैठक हाल नयाँ दिल्लीमा जारी रहेको छ भने साउन १२ देखि १४ गतेसम्म सीमा संयन्त्रको बैठक नेपालमा आयोजना हुने तय भएको छ। यी बैठकहरू क्रमशः नौ वर्ष र छ वर्षपछि सञ्चालनमा आउन लागेका हुन्।

नेपालका कूटनीतिज्ञ र विश्लेषकहरूका अनुसार भारतको यो सक्रियता दुई पक्षीय सम्बन्ध सुधारका दृष्टिकोणले महत्वपूर्ण छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमणको मिति, कार्यसूचीलगायत विषयहरू उपयुक्त समयमा सार्वजनिक गरिनेछ।

Ads

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारत चीनसँगको पछिल्लो तनाव र अन्तर्राष्ट्रिय दबाबका कारण पनि बैठकहरू सुरु गर्न तत्पर देखिएको हो।

हालको बैठकमा सीमास्तम्भको मर्मत, हराएका स्तम्भहरूको पुनःस्थापना, दशगजा क्षेत्र व्यवस्थापनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, कालापानी–लिपुलेकजस्ता संवेदनशील विषय परराष्ट्र सचिवस्तरीय संयन्त्रको जिम्मामा परेकोले यसपटकको बैठकमा औपचारिक रूपमा उठ्ने सम्भावना न्यून रहेको बताइएको छ।

पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधारतर्फ अग्रगमनको संकेतको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भ्रमणले तत्कालीन विवाद समाधान गर्ने अपेक्षा नभए पनि कूटनीतिक संवादको ढोका खोल्ने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार
आषाढ ०८ २०८२,सोमबार