पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा नलिने घोषणा
काठमाडौँ – असार १८।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि लागू हुने गरी आफूले सुरक्षाबाहेक सरकारबाट उपलब्ध हुने कुनै पनि सेवासुविधा नलिने घोषणा गरेकी छन्।
उनको सचिवालयमार्फत गृह मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाइएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले सो निर्णय सार्वजनिक गरेकी हुन्। पत्रमा भनिएको छ,
"आजको मितिदेखि लागू हुनेगरी, पूर्वराष्ट्र प्रमुखका हैसियतले प्रदान गरिने सुरक्षाबाहेकका अन्य सम्पूर्ण सरकारी सेवासुविधा लिने छैन।"
राष्ट्रपति पदबाट कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि उनले अन्य पूर्वराष्ट्र प्रमुखजस्तै सरकारी निवास, गाडी, स्टाफ, उपचारलगायतका सुविधा लिँदै आएकी थिइन्। यद्यपि अहिले स्वतः इच्छाले ती सबै सुविधा त्याग्ने निर्णय लिएको उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया