माघ १२ २०८२, आइतबार

राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा परीक्षण बंगलादेशी कम्पनीलाई जिम्मा

Ads

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ।

शुक्रबार भएको सम्झौताअनुसार कम्पनीले ६२ लाख ५४ हजार १ सय १२ रुपैयाँमा लेखापरीक्षण गर्नेछ। ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको लोन पोर्टफोलियोको समीक्षा गर्ने जिम्मेवारी उक्त कम्पनीलाई दिइएको हो।

Ads

सम्झौताअनुसार पाँच महिनाभित्र लेखापरीक्षण पूरा गर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाअन्तर्गत १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु अनिवार्य गर्ने शर्त राखेको थियो। सोही अनुसार राष्ट्र बैंकले दोस्रो पटक आह्वान गरेको टेन्डर प्रक्रियामार्फत आर्थिक र प्राविधिक मूल्यांकनमा सफल भएको बंगलादेशी कम्पनी छानिएको हो।

Ads

राष्ट्र बैंकका अनुसार छानिएको हउलादार युनुस एन्ड कम्पनीले १०० मा ७१.३४ कुल वेटेड स्कोर प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार