नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा छ। त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम भएको छ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५९ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा तोकिएको छ। यसैगरी थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, साउथ कोरियन वन सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा छ भने कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २१ पैसा कायम भएको छ।
बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ भने ओमानी रियाल एकको खरिददर ३६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०१ पैसा तोकिएको छ। भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकेको यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने पनि बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया