च्याम्पियन्स लिग : भ्यान डाइकको निर्णायक गोलमा लिभरपुलको विजयी सुरुवात
कप्तान भर्जिल भ्यान डाइकले इन्जुरी समयमा गरेको निर्णायक गोलमा लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा नाटकीय जित हात पारेको छ।
बुधबार राति भएको खेलमा लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३–२ ले पराजित गर्यो।

खेलको चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
त्यसको दुई मिनेटमै मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो।

तर, एट्लेटिकोका मार्कस लोरटेले पहिलो हाफको अन्त्यतिर गोल फर्काए। उनले ८१ औँ मिनेटमा अर्को गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
बराबरीतर्फ उन्मुख खेलमा कप्तान भ्यान डाइकले कर्नरमा हेडिङ गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए।

लिभरपुल ३–२ एट्लेटिको म्याड्रिड
ओलिम्पियाकोस ०–० पाफोस
स्लाभिया प्राहा २–२ बोडो/ग्लिम्ट
आयाक्स ०–२ इन्टर मिलान
बायर्न म्युनिख ३–१ चेल्सी
पेरिस सेन्ट-जर्मेन ४–० एटलान्टा
प्रतिक्रिया