प्रथम गौरादह महिला फुटबलमा आयोजक स्पर्श क्लब फाइनलमा
गौरादह । गौरादहमा जारी प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३ मा आयोजक स्पर्श सामाजिक क्लब फाइनलमा प्रवेश गरेको छ।
गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको सेमिफाइनल खेलमा स्पर्श सामाजिक क्लबले केराबारीको राङ्चा एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
यसअघि पश्चिम बंगालको रथखोला एफसी फाइनलमा प्रवेश गरिसकेको छ। अब भाद्र २८ गते हुने फाइनलमा आयोजक स्पर्श सामाजिक क्लब र रथखोला एफसीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
गौरादहमा पहिलोपटक आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली र पश्चिम बंगालको टोली आमनेसामने हुने भएपछि फाइनल खेलप्रति खेलप्रेमीको उत्साह बढेको छ।


प्रतिक्रिया