कार्तिक २२ २०८२, शुक्रबार

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

Ads

२४ असोज, काठमाडौं । मानसिक स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ।

सन् १९९२ देखि सुरु गरिएको यो दिवसले मानसिक स्वास्थ्य बिना शारीरिक स्वास्थ्य सम्भव छैन भन्ने सन्देश प्रवाह गर्दै आएको छ। यस वर्ष पनि प्राकृतिक प्रकोप, द्वन्द्व तथा सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक सहयोग र परामर्श उपलब्ध गराउनुपर्नेमा विशेष जोड दिइएको छ।

Ads

संयुक्त राष्ट्रसंघले राजनीतिक नेतृत्व, सरकारी निकाय, स्वास्थ्यकर्मी, शिक्षक तथा सामुदायिक समूह सबैलाई एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउन आग्रह गरेको छ।

त्यस्तै, विश्व स्वास्थ्य सङ्गठन (WHO) ले “मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ” भन्ने सन्देशमार्फत सदस्य राष्ट्रहरूलाई मानसिक स्वास्थ्य सुदृढीकरणका लागि ठोस कदम चाल्न आह्वान गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार