श्रावण २९ २०८३, शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन मिति निर्णय हुने अपेक्षा

काठमाडौँ —
महाधिवेशनको मितिमा सहमति नजुट्दा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ।

बैठकमा १५औं महाधिवेशनको मिति तय गर्ने विषय मुख्य एजेन्डा रहेको नेताहरूले बताएका छन्। पार्टीभित्र महाधिवेशन २१ फागुनको चुनावअघि गर्ने कि पछि गर्ने भन्नेमा अझै सहमति जुट्न सकेको छैन।

May be an image of ticket stub and text

सहमतिको प्रयासस्वरूप गत शुक्रबार र आइतबारका लागि तय गरिएका बैठकहरू स्थगित गरिएको थियो। तर आजको बैठकमा दुवै पक्ष — महामन्त्री गगन कुमार थापा नेतृत्वको समूहसंस्थापन पक्ष — ले अलग–अलग कार्यतालिका प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको सोमबार नयाँ बानेश्वरमा बसेको भेलाले महाधिवेशन आगामी २५ देखि २८ वैशाखसम्म गर्ने प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव आजको बैठकमा प्रस्तुत गरिनेछ।

उता, संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूले यसका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

आजको बैठकबाट नेपाली कांग्रेसले महाधिवेशनको मिति र स्वरूपबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार