माघ ०३ २०८२, शुक्रबार

प्रीति राईको टोली इत्तिहाद जोर्डन लिगको शीर्ष स्थानमा

Ads

काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई सम्मिलित जोर्डनको क्लब इत्तिहाद शनिबार सम्पन्न खेलमा विजयी हुँदै प्रोफेसनल लिगको शीर्ष स्थानमा पुगेको छ।

इत्तिहादले नजिरा ओमान एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।

Ads

खेलको सुरुवातमै चौथो मिनेटमा गोल खान पुगेको इत्तिहादले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल फर्काएको थियो।

४०औं मिनेटमा मी स्वेलमले बराबरी गोल गरिन्। स्वेलमले नै ५८औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

Ads

प्रीति राई पहिलो रोजाइमा रहेर खेलेको उक्त खेलको ८७औं मिनेटमा रोजबहान फ्रेजले तेस्रो गोल गर्दै इत्तिहादको जित पक्का गरिन्।

यो जितपछि इत्तिहाद १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि टोलीले इन्डिपेन्डेन्सनिशामी फुतुरलाई पराजित गरेको थियो भने पहिलो खेलमा अर्थोडक्ससँग बराबरी खेलेको थियो।

Ads

लिगमा चार खेल खेलेको इत्तिहाद अहिले सम्म अपराजित छ। टोलीले अब आगामी बिहीवार हुसैन इरबिदविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार