माघ १२ २०८२, आइतबार

जेविन मलेसिया ओपन तेक्वान्दोमा पदक विजेता नेपाली खेलाडीलाई सम्मान

Ads

काठमाडौं । मलेसियामा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा पदक विजेता भएका नेपाली खेलाडीलाई सम्मान गरिएको छ।

शनिबार काठमाडौंको डाँछीमा आयोजित एक समारोहमा नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी र अफिसियलहरूलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले विजेता खेलाडीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

Ads

प्रतियोगितामा स्वर्णपदक विजेता केनिश खड्का, गोविन्द योन्जन तामाङआयुश बोहरा, साथै रजतपदक विजेता सन्दीप बस्नेत सम्मानित भए।

सोही अवसरमा टोलीका प्रशिक्षक श्रीकृष्ण खड्का, व्यवस्थापक गणेशबहादुर खड्का, र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई पनि सम्मान गरिएको थियो।

Ads

कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले खेलाडी र अफिसियलहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताए। उनले भने, “नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाएका छन्, यो सम्मान त्यसको कदर हो।”

अशोक खड्का स्वयं पनि उक्त प्रतियोगितामा निर्णायकका रूपमा सहभागी रहेका थिए। उनलाई सो प्रतियोगिताको उत्कृष्ट निर्णायकको रूपमा समेत सम्मान गरिएको थियो।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार