चैत्र १९ २०८२, बिहिबार

भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमान

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
Ads

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विज्ञप्ति निकालेर ईसीमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो ।

हिजो जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएको र बाढीको कारण वर्षा नभएको जनाएको थियो ।

Ads

रसुवामा आएको बाढीको ठोस कारण पहिचान गर्न अझै समय लाग्ने तर प्रारम्भिक अनुसन्धानबाट बाढी अत्यधिक वर्षाका कारण नआएको विभागले जनाएको छ ।

भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी टोलीबाट बाढीको वास्तविक कारणको अनुसन्धान हुनुपर्ने विभागले जनाएको छ ।

Ads

ईसीमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको आशङ्का गरिएको बताउनुभयो ।

ईसीमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बततर्फ रहेको त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार