जेष्ठ ११ २०८३, सोमबार

महेश बस्नेतलाई पक्राउ गर्न अतालतले दिएन अनुमति

Ads

 

जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।

Ads

न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका यो विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले इजलासले अनुमति दिन अस्वीकार गरेको हो ।

Ads

उच्च अदालतबाट नटुंगिएसम्मका लागि अनुमति दिन नमिल्ने आदेश भएको उनले बताए।  

उनले भने - ‘यसअघि नै त्यस विषयमा मुद्दा नचलाउने निर्णय भएको रहेछ । त्यस निर्णयविरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दामा सक्कल मिसिलसहितको फाइल झिकाउने आदेश भएको रहेछ,’ 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार