श्रावण ०३ २०८३, आइतबार

शनि मन्दिर निर्माणका लागि कमलमा श्रावण महात्म्य तथा चार पुराण वाचन हुने

Ads


झापा, कमल। कमल गाउँपालिका–१ लाफादी, मन्कुडाँडा–पाराखोपी त्रिवेणी संगमस्थित श्री जलेश्वर शिव पञ्चायन मन्दिर परिसरमा श्रावण महिनाको अवसर पारेर धार्मिक महायज्ञ तथा पुराण वाचन कार्यक्रम आयोजना गरिने भएको छ।
आयोजक समितिका अनुसार २०८३ साउन ३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा श्री श्रावण महात्म्य, श्री गणेश पुराण, श्री देवी भागवत तथा श्री शिवपुराण वाचन गरिनेछ। कार्यक्रमको मुख्य उद्देश्य मन्दिर परिसरमा निर्माणाधीन शनि मन्दिर निर्माण सम्पन्न गर्नुका साथै मन्दिरका अधुरा संरचनात्मक कार्यहरू पूरा गर्नु रहेको जनाएको छ। आज श्रावण ३ गते आइतबार बाट आयोजना हुने अनुष्ठानमा दिउसो ११ बजे भव्यरुपमा कलशयात्रा गरिने र अपरान्ह ३ बजे उपमेयर प्रमिला न्यौपाने तिवारीले प्रमुख आतिथ्यता सहित उद्घाटन गर्ने आयोजक समिति अध्यक्ष लोकनाथ खनालले बताए । 

खनालका अनुसार गतवर्ष समेत यही प्रकारको अनुष्ठान आयोजना गरि सफलतापूर्वक सम्पन्न गरिएको थियोे । 

Ads


आयोजकले श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई पुराण श्रवण गर्न, श्रावण महिनाको धार्मिक पुण्य लाभ लिन तथा तन, मन, धन र कर्मद्वारा सहयोग गर्न आग्रह गरेको छ।
कार्यक्रमको आयोजना श्री जलेश्वर शिव पञ्चायन मन्दिर आयोजक समिति, कमल गाउँपालिका–१, झापा ले गरेको हो। समितिका अध्यक्ष लोकनाथ खनाल र सचिव ज्ञानेन्द्र दङ्गाल ले सम्पूर्ण धर्मप्रेमी तथा श्रद्धालुहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार