हिराजस्तो उम्मेदवारलाई बेवास्ता’ – तिम्सिनाको खुलासाले तरंगित झापा ५
‘
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रैबाट उठेको असन्तुष्टि यतिबेला सतहमा आएको छ। पार्टी परित्याग गरि स्वतन्त्र जीवन बिताइरहेका पूर्व नेता खेमराज तिम्सिनाले गम्भीर आरोप लगाउँदै पार्टीभित्रैबाट घात हुने संकेत गरेका छन्।
उनका अनुसार, झापा–५ मा प्रत्यक्षतर्फका २४ उम्मेदवारमध्ये लक्ष्मी संग्रौला पहिलो नम्बरमा राख्न मिल्ने, असल र इमानदार छवि भएका समाजसेवी उम्मेदवार हुन्। “यस्तो हिराजस्तो उम्मेदवार पाउँदा पनि सिंगो पार्टीले अवमूल्यन गरेको छ,” तिम्सिनाको भनाइ उद्धृत गर्दै कार्यकर्ताहरू आक्रोशित देखिन्छन्।
केन्द्रीय नेतृत्व किन मौन?
स्थानीय कार्यकर्ताहरूको गुनासो अझ चर्को छ ।
केन्द्रीय नेताहरू चुनावी कार्यक्रममा नदेखिनु
अध्यक्षले आफ्नै जिल्लामा समय नदिनु
क्षेत्रका मतदाता रहेका केन्द्रीय नेताहरूसमेत मैदानमा अनुपस्थित हुनु
उनीहरू प्रश्न गर्छन्, “राप्रपा भनेको के केवल कार्यकर्ता र उम्मेदवार मात्रै मैदानमा लड्नुपर्ने पार्टी हो? केन्द्र र जिल्ला तहका नेतृत्व पदका लागि मात्र हो?”
‘सूर्य’ तर्फ पुनः धकेल्ने रणनीति?
अघिल्ला दुई निर्वाचनमा नेकपा एमाले को ‘सूर्य’ चिन्हमा मत हाल्न बाध्य पारिएको दाबी गर्दै केही कार्यकर्ताहरू फेरि त्यही रणनीति दोहोरिन सक्ने आशंका व्यक्त गर्छन्। पार्टीले सक्षम उम्मेदवार हुँदाहुँदै स्पष्ट चुनावी रणनीति र कार्यक्रमसहित जनतामा जाने वातावरण नबनाएको उनीहरूको आरोप छ।
यसले मतदाताबीच अन्योल र शंका दुवै बढाएको छ । के यो आफ्नै गतिविधि ओझेलमा पार्दै मतदातालाई पुनः ‘सूर्य’ चिन्हतर्फ आकर्षित गराउने योजनाबद्ध चाल त होइन?
अब के होला?
झापा–५ मा राप्रपाभित्रको यो असन्तुष्टि सामान्य गुनासो मात्र हो या गम्भीर आन्तरिक संकट?
केन्द्रीय नेतृत्वले चाँडै स्पष्ट रणनीति नल्याए यो विवादले चुनावी परिणाममै असर पार्ने संकेत देखिएको छ।
झापा–५ को राजनीति फेरि एकपटक तातिएको छ। अब हेर्न बाँकी छ । राप्रपा नेतृत्वले कार्यकर्ताको आवाज सुन्छ कि मौनतामै रणनीति लुकाउँछ?

प्रतिक्रिया