श्रावण १६ २०८३, शनिबार

बन्दीप्रत्यक्षीकरणमा सर्वोच्चको आदेश : दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौँ - सर्वोच्च अदालत ले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै प्रसाईंको थुनालाई गैरकानुनी ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।

प्रसाईंको तर्फबाट उमा प्रसाईंले गतसाता बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। निवेदनमा उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको थियो।

प्रसाईंलाई फागुन ४ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो। निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित निर्वाचन आयोग को पत्राचारका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको थियो।

सर्वोच्च अदालतको आदेशले व्यक्तिगत स्वतन्त्रता र विधिको शासनको पक्षमा महत्वपूर्ण सन्देश दिएको कानुनविद्हरूको भनाइ छ। बन्दीप्रत्यक्षीकरण संवैधानिक उपचारको प्रमुख माध्यम भएकाले अदालतको यो निर्णयलाई राज्यको कार्यशैलीमाथि न्यायिक परीक्षणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार