तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सरकारको आग्रहमा स्थगित
काठमाडौं । नेपालमा आयोजना हुने तय भएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सरकारको आग्रहमा अन्तिम समयमा स्थगित गरिएको छ।
भदौ ७ गतेदेखि हुने तय भएको ‘इन्टरनेसनल एसोसिएसन अफ तिब्बतीयन स्टडिज’को सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा सरकारले कार्यक्रम नगर्न आग्रह गरेपछि स्थगित गरिएको हो।
काठमाडौँ विश्वविद्यालयअन्तर्गत हिमालयन सेन्टर फर एसियन स्टडिजका निर्देशक प्रो. डा. सागरराज शर्माले सरकारकै अनुरोधमा सम्मेलन स्थगित गरिएको पुष्टि गरेका छन्। सम्मेलनमा भारत, चीन, अमेरिका लगायत ४० देशका प्राज्ञ सहभागी हुने तयारी थियो।
यसअघि पनि नेपालमा तिब्बत र दलाई लामासम्बन्धी गतिविधिमा चीनले चासो देखाउँदै आएको छ। सम्मेलन स्थगित भएसँगै रास्वपा सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको सम्भावना भने बलियो भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।


प्रतिक्रिया