माघ २६ २०८१, शनिबार

विभागीय टोली नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गर्यो

योसँगै चार खेलबाट ११ अङ्क जोडेको पुलिस फाइनलमा पुगेको छ ।
Ads

 माल्दिभ्समा भइरहेको प्रतियोगितामा हिजो घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा वाम्कोले २१–२५ ले जित्यो । दोस्रो सेटमा भने पुलिसले २५–२० को सेटले जित्यो । तेस्रो सेटमा वाक्कोले २१–२५ ले जित्दै खेल २–२ मा ल्याएको थियो । त्यसपछि खेल पाँचौँ सेटमा धकालियो । पाँचौँ तथा निर्णायक सेटमा १५–१३ ले जितेर पुलिसले अपराजित यात्रा कायमै राख्न सफल भएको हो ।

Ads

आज नेपाल पुलिस क्लब र माल्दिभ्सको पुलिस क्लब खेल्दैछन् । खेल बेलुका पौने ६ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार