श्रावण २९ २०८३, शुक्रबार

गौरादह न.पा.–१ की इन्दिरा बोहरा राष्ट्रिय कबड्डी खेलमा चयन

गौरादह नगरपालिका वडा नं. १ निवासी तथा जनता माध्यमिक विद्यालय, गौरादहमा अध्ययनरत इन्दिरा बोहरा राष्ट्रिय स्तरको कबड्डी खेलमा प्रतिनिधित्व गर्नको लागि चयन हुनुभएको छ। हालै सम्पन्न छनोट प्रक्रियामा उत्कृष्ट प्रदर्शन गर्दै उहाँ राष्ट्रिय खेलाडीका रूपमा छनोट हुनु गौरवको विषय हो।

इन्दिरा हाल माध्यमिक शिक्षा परीक्षा (SEE) दिइसक्नुभएको छ। उहाँले यही नगरपालिकाभित्र कक्षा ११ र १२ मा अध्ययन गर्ने निर्णय गर्नुभएको खण्डमा, उक्त अध्ययन अवधि अवधिभरको सम्पूर्ण शैक्षिक जिम्मेवारी वडा कार्यालयले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता जनाएको छ।

May be an image of ticket stub and text

वडा कार्यालय तथा सम्पूर्ण नगरबासीको तर्फबाट बहिनी इन्दिरा बोहरालाई हार्दिक बधाई तथा आगामी खेल जीवनमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

खेल क्षेत्रमा महिला सहभागिता तथा स्थानिय स्तरबाट राष्ट्रिय स्तरमा पुग्ने प्रतिभाहरूको प्रोत्साहनका लागि यो उपलब्धि प्रेरणादायी हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार