श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको
राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा हुनुहुन्छ ।
अनुरा कुमारा सन् २०१९ को राष्ट्रपतीय चुनावमा पनि उम्मेद्वार हुनुहुन्थ्यो । यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी हुनुभएको थियो । तर २०२२ मा सबैभन्दा खराब आर्थिक सङ्कटका कारण चर्को आन्दोलन भएपछि राजापाक्षेले देश छोड्नुपरेको थियो । लगत्तै त्यहाँको संसदले रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो ।
प्रतिक्रिया