मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति, सहकारी व्यवस्थापन समिति र सीटीईभीटी नियमावलीमा निर्णय pardaphas.com
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग का महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ। उक्त निर्णयसँगै विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस्तै, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति को सदस्यमा खेटराज दाहाल लाई मनोनयन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) (छैटौँ संशोधन) नियमावली, २०८३ लाई पनि स्वीकृति दिएको छ।
सरकारका यी निर्णयहरू कानुनी, वित्तीय तथा प्राविधिक शिक्षा क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको जनाइएको छ।
प्रतिक्रिया