भोटेकोशी बाढीमा १ हजार ३ सय ७२ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बिहीबार बिहान ५ बजेसम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १७८, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२७ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।
फेला परेका शवको पहिचानका लागि मृतक र आफन्त गरी २ हजार ९ सय २ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार १ सय ४८ शव व्यवस्थापन गरिएको छ भने पहिचान हुन नसकेका १ हजार २ सय ९५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीका अनुसार अझै ४ हजार ७७ जना बेपत्ता छन्।
त्यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया