रसुवा बाढी : हालसम्म ५४७ जनाको शव फेला
काठमाडौं । नेपाल प्रहरीका अनुसार रसुवामा आएको विनाशकारी बाढीपछि शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लाबाट ५ सय ४७ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जना रहेका छन्।
यसरी विभिन्न जिल्लाबाट फेला परेका शवको संख्या ५४७ पुगेको प्रहरीले जनाएको छ।
बाढीपछि जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य पनि जारी रहेको छ। प्रहरीले स्थानीयवासी तथा सम्बन्धित निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।
त्यस्तै, बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको छ।
प्रहरीका अनुसार विपद् प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा खोजी कार्यका लागि स्थानीयवासी र विभिन्न निकायसँग समन्वय गरी टोली परिचालन गरिएको छ। पछिल्लो अवस्थाअनुसार बेपत्ता तथा प्रभावित नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखिएको छ।
प्रतिक्रिया