फिलिपिन्सको मनिलाको एक आवासीय समुदायमा भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार परिवार घरविहीन
मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले आगलागीबाट झण्डै एक हजार घरटहरा जलेर नष्ट भएका जानकारी गराउनुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको बस्तीको आगो निभाउन हेलिकप्टरहरू पठाएको थियो । फिलिपिन्सको तटरक्षक बलले पनि आगो निभाउन चारवटा दमकल खटाएको जनाएको छ ।
आगो निभाउन झण्डै ३० वटा दमकल घटनास्थलमा खटिएका थिए । तर खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलिएको रामोसले बताउनुभयो । साँघुरो सडकका कारण आगो निभाउन समय लागेको हो
आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया