जेष्ठ १७ २०८३, आइतबार

इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका

इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका छन् । यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ ।
Ads

 

इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविरामको प्रस्ताव गरिएको बीबीसीले जनाएको छ । युद्धविरामको प्रस्तावमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख  छ ।

Ads

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविराम सम्झौताको नजिक पुगेको तर अझै पूर्ण विश्वस्त भने नरहेको बताउनुभएको छ । लेबनानको दीर्घकालीन सहयोगी मानिएका अमेरिका र फ्रान्सले   युद्धविरामको लागि लामो समयदेखि प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार