अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने
अब सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई खाता खोल्नबाट रोक्नको लागि चाँडै उचित कदम चाल्ने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

नियम पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिमाना तिर्नुपर्ने बताइएको छ । तर सामाजिक सञ्जाल कम्पनीहरूले यो नियमलाई अस्पष्ट, समस्याग्रस्त र हतारमा भएको निर्णय भएको टिप्पणी गरेका छन् ।
यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो । नियामक कम्पनीले विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने बताएका छन् ।

प्रतिक्रिया