इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन चेतावनी दियो
इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन चेतावनी दिएको छ । गएको बुधवार इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराम भएपछि दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौँ नागरिक आफ्ना घर फर्किने तयारीमा छन् । तर इजरायली सेनाले लेबनानको दक्षिणी क्षेत्रका ६० वटा गाउँमा नफर्कन मानिसहरूलाई चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ ।
विस्थापित नागरिकहरूमध्ये धेरैजसो लेबनानको दक्षिणी भागका बासिन्दा थिए । इजरायलले अहिले पनि हिजबुल्लाहले युद्धविराम विपरितका गतिविधि गरिरहेको भन्दै नागरिकलाई घर नफर्कन भनेको हो ।

इजरायल र हिजबुल्लाह दुवैले एक अर्कालाई युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया