सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिए
सिरियाली सरकारविरुद्ध वर्षौंदेखि भइरहेको आक्रमणमध्ये हिजोको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाएपछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् ।
इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम (एचटीएस सँगसम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् ।

गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनालाई रुसको साथ छ । फ्रि सिरियन आर्मी नामक अर्को विद्रोहीलाई अमेरिका र बेलायत लगायतको साथ रहेको छ ।टर्की टुक्राउने मागसहित विद्रोह गरिरहेको कुर्दिस लडाकु फोर्स पनि सिरियामा सक्रिय रहेका कारण टर्कीले पनि आक्रमण गरिरहन्छ ।
प्रतिक्रिया