श्रावण १७ २०८३, आइतबार

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ ।

हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने बताएको हो ।

इजरायलले भोलि शनिवारसम्ममा हमासले बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएपछि सम्झौताअनुसार बन्धक रिहा हुने भएका बीबीसीले जनाएको छ ।

यसअघि इजरायलले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्दी रिहाइ नगर्ने चेतावनी दिएको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने र लडाइँ चर्कने चेतावनी दिनुभएको थियो ।

त्यसलगत्तै हमास निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने बताउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार