श्रावण १७ २०८३, आइतबार

युक्रेनका राष्ट्रपति जेलेन्स्की युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताउनुभएको छ । उहाँले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताउनुभएको हो ।

हिजो राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यसअघि उहाँले आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गर्नुभएको थियो । जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताउनुभएको हो ।

यसैबीच, शान्ति सम्झौताका  लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ । बैठकमा आउँदो वर्षको लागि आआफ्नो देशको रणनीति र  युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने  तयारी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार